काठमाडौं। सानिमा बैंकले आफनो १५औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको अफर ल्याएको छ ।
बैंकले ‘अफर सानिमा बैंकको, रोजाई तपाईको’ नामक योजना अन्तर्गत आफ्ना विभिन्न डिजिटल सेवाहरू तथा सामान खरिदमा छुट दिने जनाएको छ ।
बैंकको डिजिटल सेवाहरु डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।
बैंकका अनुसार विभिन्न रेष्टुरेन्ट तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ।
योजना शुक्रबारदेखि आइतबारसम्म तीन दिनसम्म लागू हुने बैंकले जनाएको छ ।