सर्वोत्तम सिमेन्टको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन १३ गतेदेखि बुक बिल्डिङ विधिबाट सर्वसाधरणलाई बिक्रीमा ल्याएको २७ लाख ७६ हजार ७६ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले आइपीओ बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको बाटो खुल्यो, यस्तो छ कार्यविधि Read Previous

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको बाटो खुल्यो, यस्तो छ कार्यविधि

एमसीसीको प्रसारण लाइनको ठेक्का विवाद सम्बधी मुद्दा खारेज Read Next

एमसीसीको प्रसारण लाइनको ठेक्का विवाद सम्बधी मुद्दा खारेज