धरानमा विमानस्थल बनाउन सम्भव नरहेको अध्ययनको निष्कर्ष

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेकाे निष्कर्ष निकालेको छ । पर्यटनमन्त्री सुदन किरातीको निर्देशनपछि प्राधिकरणले गठन गरेको धरानमा विमानस्थल निर्माण अध्ययन समितिको अध्ययनले यस्तो निचाेड निकालेको हो ।

धरानमा विमानस्थल बनाउनु प्राविधिक हिसाबले कठिनाइ रहेको, हवाई नीति विपरीत हुने र आर्थिक हिसाबले समेत लाभदायक नभएको समितिको निष्कर्ष रहेको प्राधिकरणले जनाएको छ ।

हाल पडाडी क्षेत्रमा २० नटिकल माइल र तराई तथा भित्री मधेशमा कम्तीमा ४० नटिकल माइलको फरकमा मात्रै विमानस्थल निर्माण गर्न पाउने व्यवस्था छ । तर, धरान र विराटनगरको दूरी करिब २० नटिकल माइल मात्रै भएकाले विमानस्थल बनाउनु हवाई नीति विरुद्ध हुने अध्ययनले औँल्याएको छ ।

यस्तै, यातायातको सहज उपलब्धता र धरान क्षेत्रको भौगोलिक अवस्थितिले पनि ‘वान वे अप्रोच’ मात्र सम्भव रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको जनाएको छ ।

साथै विभिन्न प्राविधिक तथा सञ्चालन सम्बन्धी व्यवधानले धरानमा विमानस्थल बनाउन सम्भव नभएको निष्कर्ष निकालेको छ ।

धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले धरानमा विमानस्थल बनाउन आवश्यक रहेको भन्दै सरकारलाई निरन्तर दबाब दिँदै आएका छन् । उनकै दबाबपछि मन्त्री किरातीले समिति गठन गरेर अध्ययन गर्न लगाएका थिए ।

प्राधिकरणद्धारा सबस्टेसन निर्माण तीव्र : ७ महिनामै बने ९ वटा, २५ वटा निर्माणाधीन Read Previous

प्राधिकरणद्धारा सबस्टेसन निर्माण तीव्र : ७ महिनामै बने ९ वटा, २५ वटा निर्माणाधीन

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको बाटो खुल्यो, यस्तो छ कार्यविधि Read Next

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको बाटो खुल्यो, यस्तो छ कार्यविधि