नेप्से परिसूचक फेरि २ हजार बिन्दु माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन सुधार आएको छ । सोमबार १३ अंकले बढेको नेप्से आज ९ अंकले बढेको हो ।

आज सूचकमा सुधार देखिए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोडले घटेर १ अर्ब ८६ करोडमा सीमित भएको छ । यो डेढ महिना यताकै कम हो ।

मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा पुगेको छ । यसदिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक ३.५२ प्रतिशतले बढेको छ भने फाइनान्स ०.२८ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड १९ लाख रुपैयाँ बढीको ३ लाख १३ हजार २९५ कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज चिरख्वा हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ५.०६ प्रतिशत गुमाएका छन् ।

डुम्रे-बेँसीसहर सडक दुई लेनको बन्दै, ६.५ किलोमिटरमा कालोपत्र सकियो Read Previous

डुम्रे-बेँसीसहर सडक दुई लेनको बन्दै, ६.५ किलोमिटरमा कालोपत्र सकियो

प्राधिकरणद्धारा सबस्टेसन निर्माण तीव्र : ७ महिनामै बने ९ वटा, २५ वटा निर्माणाधीन Read Next

प्राधिकरणद्धारा सबस्टेसन निर्माण तीव्र : ७ महिनामै बने ९ वटा, २५ वटा निर्माणाधीन