नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । फागुन ३ गतेदेखि लगातार ६ दिनमा ९७ अंकले घटेको नेप्से आज १३ अंकले फर्केको हो ।

आज सूचकमा सुधार देखिए पनि कारोबार करममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७ करोडले घटेर २ अर्ब १ करोडमा सीमित भएको छ । यो  डेढ महिना यताकै कम हो ।

सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा पुगेको छ । यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक २.५१ प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ७१ लाख रुपैयाँ बढीको २ लाख २८ हजार १६ कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त ८.१६ प्रतिशत, नेपाल वेयरहाउजिङ र सानापुरका सेयरधनीले ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

आज समाज लघुवित्तका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) Read Previous

यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

क्रिकेट संघले गर्‍यो खेलाडी वर्गीकरण, 'ए' ग्रेडमा परेका यी ६ जनाले मासिक १ लाख पाउने Read Next

क्रिकेट संघले गर्‍यो खेलाडी वर्गीकरण, 'ए' ग्रेडमा परेका यी ६ जनाले मासिक १ लाख पाउने