सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, हकप्रद पनि ल्याउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन ११ गते बसेको बैठकले सेयरधनीलाई २३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.२५ प्रतिशत नगद गरी कुल २५.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यस्तै, कम्पनीले चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रदय सेयर जारी गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सर्वोत्तम सिमेन्टको आइपीओ भर्नु कति फाइदाजनक ? यस्तो छ समग्र अवस्था Read Previous

सर्वोत्तम सिमेन्टको आइपीओ भर्नु कति फाइदाजनक ? यस्तो छ समग्र अवस्था

नेपालमै पहिलोपटक कोदोको बिस्कुट उत्पादन, कति पर्छ मूल्य ? Read Next

नेपालमै पहिलोपटक कोदोको बिस्कुट उत्पादन, कति पर्छ मूल्य ?