ज्योति विकास बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत उक्त विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराएको हो ।

अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने उद्देश्यले उक्त स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई बोर्ड हस्तान्तरण गरे ।

उक्त विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरूको कक्षा संचालन समेत गर्ने भएकाले सो स्मार्ट बोर्डद्वारा विद्यालयलाई थप सहजता प्रदान हुने बैंकको विश्वास छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बजेट सकिएपछि महाकाली सिँचाइ आयोजनाको काम रोकिँदै Read Previous

बजेट सकिएपछि महाकाली सिँचाइ आयोजनाको काम रोकिँदै

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा Read Next

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पशुपति क्याम्पसमा