नेप्सेमा दुई कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

घलेम्दीले यसअघि जारी गरेको २०० प्रतिशत हकप्रद सेयर बापतको १ करोड १० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको ९.५ प्रतिशत बोनस अर्थात् ९ लाख ६४ हजार २५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवैै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, फागुन १३ देखि सडक बन्द नहुने Read Previous

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, फागुन १३ देखि सडक बन्द नहुने

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त Read Next

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त