त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

नेप्सेमा दुई कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा दुई कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत

घरेलु मदिरालाई वैध बनाउँदै गण्डकी, कानुन निर्माण सुरू Read Next

घरेलु मदिरालाई वैध बनाउँदै गण्डकी, कानुन निर्माण सुरू