सामुदायिक र बीपीडब्ल्यू लघुवित्तलाई मर्ज हुन अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था बीच मर्ज हुन अन्तिम स्वीकृति दिएको छ ।

बोर्डले फागुन ९ गते दु्ई संस्था मर्ज हुन अन्तिम स्वीकृति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले गत माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

दुई लघुवित्त मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार हुनेछ भने केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।

दुई लघुवित्त संस्था १:०.८५३५ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । अर्थात् मर्जरपछि बीपीडब्ल्यूको १०० कित्ता सेयर ८५.३५ कित्ता कायम हुनेछ ।

सामुदायिक र बीपीडब्ल्यू लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता गरेका थिए भने असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

ठेकेदारको चरम लापारबाही, १६ महिनामा सक्ने सम्झौता भएको पुल ७ वर्षसम्म अलपत्र Read Previous

ठेकेदारको चरम लापारबाही, १६ महिनामा सक्ने सम्झौता भएको पुल ७ वर्षसम्म अलपत्र

ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री Read Next

ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री