नेपाल पुनर्बीमा कम्पनीले माग्यो सीईओ, यस्तो योग्यता चाहिने

काठमाडौं । नेपाल पुनबीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन मागेको छ । कम्पनीले सोमबार सूचना निकालेर आवेदन आह्वान गरेको हो ।

यसअघिका सीईओ शंकरकुमार रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा आवेदन माग गरेको हो । इच्छुक व्यक्तिले आजको २१ दिनभित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

सीईओमा आवेदन दिने व्यक्तिले बीमा, मौद्रिक , बैकिङ, वित्तीय , वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको भए ५ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

यस्तै, चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा , मौद्रिक , बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्तिमा एक वर्षको अनुभवसहित कम्तफमा १२ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । साथै, कुनैराजनीतिक दलको सदस्य नरहेको व्यक्तिबाट हुनुपर्नेछ ।

खुला प्रतियोगिताबाट चयन हुने सीईओको कार्यकाल ४ वर्षको रहनेछ ।

फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली, नेपाली भिसा नलगाइ ४० देश जानसक्ने (सूचीसहित) Read Previous

फ्रान्सको पासपोर्ट विश्वकै शक्तिशाली, नेपाली भिसा नलगाइ ४० देश जानसक्ने (सूचीसहित)

हुम्लामा यो वर्ष खाद्यान्न अभाव नहुने, दुईटै गोदाम भरिँदै Read Next

हुम्लामा यो वर्ष खाद्यान्न अभाव नहुने, दुईटै गोदाम भरिँदै