अर्थतन्त्रमा सुधार नआए बैंकहरूले अर्को वर्ष लाभांश दिन सक्दैनन् : सीईओ ढुंगाना

काठमाडौं। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्।

महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। सीईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ।

अहिले बजारमा खरिदबिक्री देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाइ छ। जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने बताए।

अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सही नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाइ छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनको भनाइ छ।

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति सलुनमा १०% छुट पाउने Read Previous

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति सलुनमा १०% छुट पाउने

सबैभन्दा सानो समाज लघुवित्त बन्यो दोस्रो धेरै महँगो सेयर मूल्य हुने लघुवित्त, कति पुग्यो भाउ ? Read Next

सबैभन्दा सानो समाज लघुवित्त बन्यो दोस्रो धेरै महँगो सेयर मूल्य हुने लघुवित्त, कति पुग्यो भाउ ?