शिखर इन्स्योरेन्सका सेयरधनीको पनि हात रित्तै, यस वर्ष लाभांश नदिने

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी संचालक समितिको फागुन ४ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित कोषमै राख्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाउने निर्णय गरेको छ । प्राधिकरणको स्वीकृतिपछि कम्पनीलेले साधरण सभा बोलाउने छ ।

शिखरले विगतका वर्षहरुमा सेयरधनीलाई वर्षेनी लाभांश दिँदै आएको थियो ।

लघुवित्तको खराब कर्जा १८% सम्म पुग्यो, २६ वटाको सीमा नाघ्यो, कुनको कति ? Read Previous

लघुवित्तको खराब कर्जा १८% सम्म पुग्यो, २६ वटाको सीमा नाघ्यो, कुनको कति ?

२१ करोडको लगानीमा नवलपरासीमा अत्याधुनिक शीतभण्डार निर्माण Read Next

२१ करोडको लगानीमा नवलपरासीमा अत्याधुनिक शीतभण्डार निर्माण