सरकारले आगामी वर्ष १८ खर्बको बजेट ल्याउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले आगामी वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिदिएको हो ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी वर्षको बजेटको सिलिङ १८ अर्ब तोकिएको जानकारी दिए ।उनले सोही सीमा भित्र रहेर आगामी वर्षको बजेट ल्याइने बताए ।

सरकारले राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न यातायात व्यवसायीको माग Read Previous

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न यातायात व्यवसायीको माग

प्रतिकित्ता सेयर मूल्य ९ हजार माथि रहेका बोटलर्स नेपालका दुवै कम्पनी घाटामा Read Next

प्रतिकित्ता सेयर मूल्य ९ हजार माथि रहेका बोटलर्स नेपालका दुवै कम्पनी घाटामा