काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फेरि ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ अफर ल्याएको छ ।
कम्पनीले ग्राहकको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै फेरि १० दिनसम्म फ्री टेस्टिङ उपलब्ध गराउने भएको हो ।
उपत्यकाका भाटभटेनीका आउटलेटहरुमा ग्राहकले सित्तैमा ओरिएन्टल फ्लेभर नुडल्सको स्वाद लिन पाउने छन् ।
भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो । हाल यो चाउचाउ भाटभटेनी स्टोर्समा उपलब्ध छ । यसको बजार मूल्य प्रतिप्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।