माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख इकाई ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ।

 

बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदरसहित प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले कायम भएको उक्त ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएको हो।

 

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे।

 

सूचिकरणपछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमामार्फत दोस्रो बजारमा खरिद विक्री गर्न सकिनेछ।

 

माछापुच्छ्रे बैंकले १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरुमार्फत सेवा दिदैं आएको छ।

एनआइसी एशियाको काउन्टर कपिलवस्तुको कृष्णनगरमा Read Previous

एनआइसी एशियाको काउन्टर कपिलवस्तुको कृष्णनगरमा

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतलाई आग्रह Read Next

भ्रमण वर्ष सफल पार्न ३१ देशका राजदूतलाई आग्रह