१८ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै रिडी पावर, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेड फागुन १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले कम्पनीको हकप्रद सेयर बिक्री बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गरेको थियो। सो अनुसार माघ २१ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम तल्लो बलेफी जलविद्युत आयोजनाको आवश्यक स्वपूँजी रुपमा लगानी गर्नेछ।

टेलिकमको नाफा ३२ करोड घट्यो, जगेडा कोषमा साढे ७२ अर्ब Read Previous

टेलिकमको नाफा ३२ करोड घट्यो, जगेडा कोषमा साढे ७२ अर्ब

बिजुली बेचेर साढे ५ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ? Read Next

बिजुली बेचेर साढे ५ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी कसरी गयो घाटामा ?