काठमाडौं । संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै संस्थागत मुद्दती र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अन्तर १ प्रतिशत मात्रै हुने व्यवस्था गरेको हो ।
हाल संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कम्तीमा २ प्रतिशत फरक हुनुपर्ने व्यवस्था छ । नयाँ व्यवस्था अनुसार अब १ प्रतिशत मात्रै फरक भए हुनेछ । अर्थात् अब बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा अहिलेको भन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन पाउने छन् ।