५० शाखा बन्द गर्न निवेदन दिएका छैनौं, यो कपोकल्पित हो : एनआइसी एशिया बैंक

काठमाडौं । एनआइसी एशियाले विभिन्न संचार माध्यममा ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएको भन्दै आएको समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।

बैंकले एकले एक विज्ञप्ति जारी गर्दै संचार माध्यमा आएका समाचारहरू झुटो, कपोकल्पित र कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।

विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिएको भन्दै बैंकले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।

बैंकले हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने Read Previous

घर किन्न ग्लोबल आइएमई बैंकले ९.९९% ब्याजदरमै ऋण दिने, १२ कराेडसम्म पाइने

यस्ता छन् मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएका व्यवस्थाहरू (पूर्णपाठसहित) Read Next

यस्ता छन् मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएका व्यवस्थाहरू (पूर्णपाठसहित)