बाँसबारी छालाजुत्ता उद्योगको जग्गा फिर्ता ल्याउँदै सरकार, प्रक्रिया अघि बढायो

काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा पुनः फिर्ताको प्रक्रिया अघि बढाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीले) अनुसन्धान गरिरहेकै बेला डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।

टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

सीआइबीले बाँसबारी छाला जुत्ता कम्पनीको नाममा रहेको करिब १० रोपनी जग्गा हडपेको भन्दै व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी रिहा भइसकेका छन् ।

आन्तरिक पर्यटनमा प्रोफेसनललाई जोड्न शुक्रबारदेखि ‘मेरोअटो राइड-२०२४’ हुँदै Read Previous

आन्तरिक पर्यटनमा प्रोफेसनललाई जोड्न शुक्रबारदेखि ‘मेरोअटो राइड-२०२४’ हुँदै

व्यक्तिगत घर कर्जा लगानीमा आक्रमक बन्दै बैंक, ६ महिनामै दिए ३३ अर्ब ऋण Read Next

व्यक्तिगत घर कर्जा लगानीमा आक्रमक बन्दै बैंक, ६ महिनामै दिए ३३ अर्ब ऋण