अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म कैद

काठमाडौं । अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बुधबार प्रतिनिधि सभाले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित विधेयक अनुसार सरकारले तोकेको क्षेत्रमा तथा तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

इजाजतपत्र नलिई कसैले घरजग्गा सम्बन्धी कारोबार गरे २५ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

संशोधित विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

यस्तै, बुधबार बसेको बैठकले सम्पति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पनि बहुमतले पारित गरेको छ।

सीवाइसी लघुवित्तको खुद ब्याज आम्दानी बढ्यो, नाफा भने घट्यो Read Previous

सीवाइसी लघुवित्तको खुद ब्याज आम्दानी बढ्यो, नाफा भने घट्यो

नेप्सेमा सूचीकृत एक कम्पनी : जसको सेयर मूल्य ७ महिनामा १ दिन मात्रै घट्यो, १२ गुणाले बढ्यो Read Next

नेप्सेमा सूचीकृत एक कम्पनी : जसको सेयर मूल्य ७ महिनामा १ दिन मात्रै घट्यो, १२ गुणाले बढ्यो