महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंक संचालक समितिको माघ २३ गते बसेको बैठकले लम्साललाई सीईओमा नियुक्त गरेका हो । विगत १५ वर्षदेखि बैंकमा कार्यरत लम्साल यसअघि बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए ।

उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन समेत आग्रह गरेका छन् ।

उनीसँग वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ्ग अनुभव रहेको छ ।

हामीसँग पूँजी छ, तर खर्च गर्न समस्या भएको छ : अर्थमन्त्री Read Previous

हामीसँग पूँजी छ, तर खर्च गर्न समस्या भएको छ : अर्थमन्त्री

सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा Read Next

सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा