काठमाडौं । निर्माण व्यवसायीहरुको छाता संगठन निमार्ण व्यवसायी महासंघले अवार्ड कार्यक्रम घोषणा गरेको छ ।
महासंघले मंसिर २० गते १२ औँ राष्ट्रिय निर्माण दिवसको अवसरका अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो ।संघले रिद्धिसिद्धि सिमेन्ट १०औँ एफसिएएन एक्सीलेनस अवार्ड वितरण गर्न लागेको हो ।
कार्यक्रममा उत्कृष्ट निर्माण कार्य गरेका निर्माण व्यवसायीलाई सम्मान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
उत्कृष्ट निर्माण काम गरेका, समय अवधिभन्दा अघि काम सक्ने, विदेशमा गई निर्माण व्यवसायमा उल्लेखनीय कार्य गर्ने, भूगोल अनुसार हिमाल, पहाड, तराई सबैतिरका निर्माण व्यवसायीलाई सम्मान गरिने छ ।
कार्यक्रममा क, ख, ग, घ वर्गका १२ कम्पनीलाई स्वर्ण, रजत र काँस्य पदकले सम्मान गरिने छ ।यस्तै यो पटक महासंघले पूर्वाधार निर्माणको रिपोटिङ गर्दै पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।
खरिद ऐनमा संशोधन माग गर्दै दुई सातादेखि आन्दोलनको कार्यक्रम गर्दै आएको महासंघले आन्दोलनको कार्यक्रम फिर्ता लिई अवार्ड कार्यक्रमको तयारीमा जुटेको छ ।वालुवाटार घेराउदेखि कालो झण्डा देखाउनेसम्म काम गरेको महासंघले धर्ना स्थगित राखेर छ ।
महासंघमा १५ हजार भन्दा बढि निर्माण व्यवसायीहरु सदस्य रहेका छन् ।