रिलायबल लाइफ इन्स्योरेन्सको नाफामा झिनो सुधार, रिटेन्ड अर्निङमा सवा १ अर्ब

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा झिनो सुधार आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४.९७ प्रतिशतले बढेको हो ।

रिलायबल लाइफले चालु वर्षको पुस मसान्तसम्म २३ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १ करोड ९ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष पुससम्म २२ करोड ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा सुधार आउँदा खुद नाफामा पनि झिनो सुधार आएको हो ।

चालु वर्षमा कम्पनीको खुद बीमा शुल्क संकलन १.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले ऋण तथा लगानीबाट ६३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल ४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा १ अर्ब ७५ करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ छ ।

खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.७२ रुपैयाँबाट घटेर ११.५५ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ ।

नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ? Read Previous

नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?

सूर्यविनायक-धुलिखेल सडक ६ लेनको बनाइँदै, घरटहरा हटाउन थालियो Read Next

सूर्यविनायक-धुलिखेल सडक ६ लेनको बनाइँदै, घरटहरा हटाउन थालियो