क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्समा शत प्रतिशत छुट

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं-दिल्ली-काठमाडौं रुटमा क्यान्सर पीडित बिरामीहरूलाई हवाइ भाडामा शतप्रतिशत छुट दिँदै आएको छ ।

निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले बिरामीलाई शतप्रतिशत र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जानकारी दिएको हो ।

निगमका अनुसार क्यान्सरका बिरामीले छुट लिन डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ ।

निगमले सोही सिफारिसको आधारमा सन् २०२३ मा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा ७७० जनाले निःशुल्क हवाइ सेवा लिएको निगमले जनाएको छ।

झिलिमिली बन्दै काठमाडौंका सडक, यी ठाउँमा १०२६ स्मार्ट लाइट जडान Read Previous

झिलिमिली बन्दै काठमाडौंका सडक, यी ठाउँमा १०२६ स्मार्ट लाइट जडान

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट