काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा यो साता सुधार देखिएको छ । साताको पहिलो दुई दिन झिनो गिरावट देखिए पनि पछिल्ला दुई दिनमा करिब साढे १२ अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ८.७३ अंकले बढेर ११२४.४७ विन्दुमा पुगेको छ । आज १६९ कम्पनीको ३० करोड ८२ लाख १४ हजार ४६५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ९० हजार २७४ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । कारोबार भएका कूल १६९ कम्पनीमध्ये १०७ कम्पनीको सेयर मूल्य बढेका छन् । ३३ कम्पनीको सेयर मूल्य घटेका छन् भने २९ वटाको स्थिर रहेको छ ।
कारोबार भएका १२ वटै समूहको सूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १४२.९१ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ८२ लाख ४२ हजार ९१६ रुपैयाँको कारोबार भएको छ ।
आज प्रभु इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ८.५० प्रतिशतले बढेको छ भने वरुण हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.९५ प्रतिशतले घटेको छ ।