सिटिजन्स बैंकका ग्राहकले विनायक अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको टोखास्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रालि विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुनेविश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले हाल देशभरका १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १७ लाख १२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्दै काठमाडौं महानगर Read Previous

घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्दै काठमाडौं महानगर

थलियो सरकारी सिमेन्ट उद्योग, कोइला किन्न नसक्दा ५ महिनादेखि उत्पादन ठप्प Read Next

थलियो सरकारी सिमेन्ट उद्योग, कोइला किन्न नसक्दा ५ महिनादेखि उत्पादन ठप्प