नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार २१ अंकले घटेको नेप्से आज ३१ अंकले घटेको हो । यससाता सुरुको ३ दिनमा ३५ अंकले बढेको नेप्से पछिल्ला दुई दिनमै ५२ अंकले घटेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ११ करोड रुपैयाँले घटेर ४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ३०.९१ अंकले घटेर २०६७.०१ विन्दुमा आइपुगेको छ । यस दिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स बाहेक अरु सबैको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेकोे छ ।

आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५४ करोड १ लाख रुपैयाँको ७ लाख ६९ हजार ७९९ कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज सामलिङ पावरको सेयरधनीले सर्वाधिक ९.४२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, मिड सोलु हाइड्रोपावर ६.८८, मोलुङ हाइड्रोपावर ६.४७, थ्रीस्टार हाइड्रोपावर ६ं१४, पिपुल्स हाइड्रोपावर र साधन लघुवित्तको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री Read Previous

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै, दैनिक ५० जनाले काम गर्दै Read Next

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै, दैनिक ५० जनाले काम गर्दै