सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । सरकारी जग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी पक्राउन परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले चौधरीलाई बाँसबारी छालाजुत्ता कम्पनीको १० राेपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

उनलाई बिहीबार दिउँसो काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीका भाइ सेमत हुन् ।

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त Read Previous

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर नियुक्त

जनवरीमा आए गत वर्षकोभन्दा २४ हजार धेरै विदेशी पर्यटक Read Next

जनवरीमा आए गत वर्षकोभन्दा २४ हजार धेरै विदेशी पर्यटक