१३ वर्षदेखि अलपत्र इन्द्रावती जलविद्युत् आयोजनाको काम सुरू

सिन्धुपाञ्चोक । नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनःसुरु भएको छ ।

२०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको थियो । नेशनल हाइड्रोले बत्ती उत्पादनपश्चात् सरकारलाई रु ६२ करोड तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो ।

अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिए। उनका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो ।

विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूल लागत ११० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिए । ४.५ मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ ३ हजार ३०० मिटर रहेको आयोजनाले जनाएको छ ।

मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताए ।

ग्लोबल आइएमईलाई उछिन्दै हिमालयन रि-इन्स्योरेन्स बन्यो पाँचौं ठूलो कम्पनी Read Previous

ग्लोबल आइएमईलाई उछिन्दै हिमालयन रि-इन्स्योरेन्स बन्यो पाँचौं ठूलो कम्पनी

बढ्यो डिजेल र पेट्रोलको भाउ Read Next

बढ्यो डिजेल र पेट्रोलको भाउ