१६औँ योजनाका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूले दिए यस्ता सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेको छ ।

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरूले सुझाव दिएक छन् ।

आयोग आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औँ योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरूसँग सुझाव लिइरहेको छ । सोही क्रममा बुधबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो । नेपाल स्थित अन्तराष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्त रुपमा गरिरहेका छन् । छलफलमा अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडीसी स्तरोन्नति पछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताइन् । १६औँ योजनामा फल एलडिसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नु पर्ने उनको सुझाव थियो ।

अन्य सहभागी विकास साझेदारहरूले आफ्नो कन्ट्री प्रोगामलाई १६औँ योजना र अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनु पर्ने बताएका छन् ।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठले विकास साझेदारहरूबाट धेरै राम्रा सुझावहरू आएको बताए । नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै आएका सुझावहरू १६औँ योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसी मा समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । आयोगले यसअघि बुधबार नै १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरूसँग छलफल गरेको थियो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा फेरि दोषी ठहर Read Previous

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा फेरि दोषी ठहर

बैंकको बाहेक सेयर २०० रुपैयाँ कममा पाइन छाड्यो, अझै पाइन्छ यी १३ कम्पनीको Read Next

बैंकको बाहेक सेयर २०० रुपैयाँ कममा पाइन छाड्यो, अझै पाइन्छ यी १३ कम्पनीको