काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको ३ दिनमा नेप्से ३५ अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा पुगेको छ । यस दिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर बिनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि बढेको आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९८ करोड रुपैयाँले बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशतले बढेकोे छ ।
आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ७५ करोड २७ लाख रुपैयाँको १० लाख ६९ हजार ९१५ कित्ता सेयर किनबेच भएको छ ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरि हिल्स, समाज लघुवित्त र रावा इनर्जीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।