काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ ।
कम्पनीको संचालक समितिको माघ १४ गते बसेको बैठकले हकप्रद प्रयोजनका लागि माघ २२ गते बुकक्लोज मिति तोकेको हो। सो अनुसार माघ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रदबाट प्राप्त रकम साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफी जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न खर्च गरिने कम्पनीले जनाएको छ ।
हाल १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।