नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । माघ ३ गतेदेखि लगातार ७ दिनमा ९२ अंकले घटेको नेप्से आज दोहोरो अंकले फर्केको हो ।

सूचकमा सुधार आए पनि करोबार रकममा भने उल्लेख्य सुधार आउन सकेको छैन । आज ३ अर्ब ८३ करोडको रुपैयँँको मात्र सेयर किनबेच भएको छ ।

आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ । यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले बढेकोे छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ५३ लाख रुपैयाँको ५ लाख २१ हजार ७१९ कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत् र सामलिङ पावरमा सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आफ्नो मुद्रा स्थिर बनाउन १ करोड ६० लाख डलर लिलामी गर्दै अफगानिस्तान Read Previous

आफ्नो मुद्रा स्थिर बनाउन १ करोड ६० लाख डलर लिलामी गर्दै अफगानिस्तान

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र १३५ मेगावाटको हाइड्रो बन्दै, बुटवल पावर र चीनकाे लगानी Read Next

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र १३५ मेगावाटको हाइड्रो बन्दै, बुटवल पावर र चीनकाे लगानी