रेटिङमा हिमालयन रिको फड्को, बन्यो एएम बेस्टबाट ‘बी प्लस’ पाउने पहिलो नेपाली कम्पनी

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको रेटिङमा सुधार भएको छ । कम्पनीलाई विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टले ‘बी प्लस’ रेटिङ दिएको हो ।

योसँगै हिमालयन रि एएम बेस्टबाट ‘बी प्लस’ पाउने पहिलो नेपाली कम्पनी बनेको छ । यसअघि कम्पनीले ‘बी’ रेटिङ पाएको थियो ।

‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अत्यन्त सबल रहेको जनाउने कम्पनीबाट जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले पछिल्लो रेटिङलाई आफ्नो ऐतिहासिक उपलब्धी भएको बताएको छ ।

हिमालयन रिले गत साता मात्रै भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको थियो । कम्पनीले स्थापनाको छोटो समयमै विश्वका ३१ देशमा व्यवसाय विस्तार गरिसकेको छ ।

एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ पाएसँगै दक्षिणपूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोपेली मुलुकमा पुनर्बीमा व्यवसाय गर्न ढोका खुलेको कम्पनीको भनाइ छ ।

न्यूरोड जानेलाई यी ९ ठाउँमा पार्किङको व्यवस्था मिलाउने प्रस्ताव Read Previous

न्यूरोड जानेलाई यी ९ ठाउँमा पार्किङको व्यवस्था मिलाउने प्रस्ताव

इसेवा १६औं वर्षमा प्रवेश, वार्षिक उत्सवमा ल्यायो १५ अफर Read Next

इसेवा १६औं वर्षमा प्रवेश, वार्षिक उत्सवमा ल्यायो १५ अफर