लघु बीमा कम्पनीले अब वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले अब वैदेशिक रोजगार(म्यादी) बीमालेख जारी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन-२०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

लघु बीमा कम्पनीले व्यवसाय बढाउन नसकेपछि प्राधिकरणले व्यवसायिक दायरा बढाउँदै लगेको हो । यसअघि जीवन बीमा कम्पनीहरूले जारी गर्दै आएको म्यादी बीमालेख अब लघु जीवन बीमा कम्पनीले पनि गर्न पाउने व्यवस्था गरेको हो ।

यससँगै म्यादी बीमामा जीवन बीमा कम्पनीहरूको एकाधिकार तोडिएको छ । अब लघु जीवन बीमा कम्पनीहरूले ५ लाख रुपैयाँसम्मको वैदेशिक रोजगार बीमालेख जारी गर्न पाउने छन् ।

सरकारले वैदेशिक रोजगारमा गएका नागरिकका लागि २०७३ सालबाट वैदेशिक रोजगार (म्यादी) बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक ५९औं वर्षमा, २० वर्षदेखि लगातार नाफामा Read Previous

राष्ट्रिय वाणिज्य बैंक ५९औं वर्षमा, २० वर्षदेखि लगातार नाफामा

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी Read Next

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी