घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी खुल्यो, न्यूनतम मूल्य कति ?

काठमाडौं । घलेम्दी हाइड्रोपावरले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित ३२ लाख १७ हजार ७२४ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामी सेयरमा माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

मैलुङ-स्याफ्रुबेँसी सडकको ठेक्का तोडियो, धरौटी जफत गर्न बैंकलाई पत्रचार Read Previous

मैलुङ-स्याफ्रुबेँसी सडकको ठेक्का तोडियो, धरौटी जफत गर्न बैंकलाई पत्रचार

प्रभु बैंकले पनि यस वर्ष लाभांश नदिने Read Next

प्रभु बैंकले पनि यस वर्ष लाभांश नदिने