नेप्सेमा लगातार चौथो दिन गिरावट, नेप्से फेरि २१०० विन्दु तल झर्‍यो

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो । पछिल्ला ४ दिनमा नेप्से ७७ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा आइपुगेको छ । यसदिन ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम १ अर्ब ४० करोड घटेर ६ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक २.२४ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ७८ करोड ६३ लाख रुपैयाँको ११ लाख ९६ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले कबि १० प्रतिशत कमाएका छन् ।

जनता ठग्ने सहकारी सञ्चालकलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ Read Previous

जनता ठग्ने सहकारी सञ्चालकलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

राष्ट्र बैंकको सहुलियतले पनि घटेन खराब कर्जा, ९ बैंकको ४% माथि, कुनको कति ? Read Next

राष्ट्र बैंकको सहुलियतले पनि घटेन खराब कर्जा, ९ बैंकको ४% माथि, कुनको कति ?