काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको सेयर कारोबारका लागि लक इन पिरियड सकिएको छ । कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको आजदेखि ‘लक इन पिरियड’ सकिएको हो ।
२०७७ माघ ८ गते सेयर बाँडफाँट भएको ३ वर्ष पुगेसँगै आजदेखि ‘लक इन पिरियड’ सकिएको हो । लकइन सकिएसँगै आजदेखि संस्थापक, स्थानीय र कर्मचारीले आफ्नो नामको सेयर बेच्न पाउने छन् ।
यद्यपि, संस्थापक सेयरधनीमध्ये बाहलवाला सञ्चालक समिति, व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिदबिक्री गर्न पाउने छैनन् ।
नेप्सेका अनुसार संस्थापकतर्फको १ करोड २५ लाख कित्ता, स्थानीय बासिन्दाको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता गरी कुल १ लाख ३८ हजार कित्ता सेयर बिक्रीयोग्य भएको छ ।