नेपाल लाइफले यो वर्ष लाभांश नदिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।

आव २०७५/७६ सम्म बम्पर लाभांश दिँदै आएको नेपाल लाइफले इन्स्योरेन्सले त्यस यता लाभांश घट्दै गएको थियो भने यस वर्ष नदिने घोषणा गरेको छ ।

चुक्ता पूँजी धेरै भएको र सो अनुसार नाफा कमाउन नसक्दा कम्पनीले दिने प्रतिफल घट्दै गएको हो ।

समग्र निर्यात घट्दा पनि सिमेन्टले जगाउँदै आशा, पौने २ अर्बको विदेशियो Read Previous

समग्र निर्यात घट्दा पनि सिमेन्टले जगाउँदै आशा, पौने २ अर्बको विदेशियो

ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन Read Next

ट्रायल दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन