लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले फागुन ३ गते १८ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद गरी कुल ५.७८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि माघ २५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ २४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

४ विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा Read Previous

४ विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

समग्र निर्यात घट्दा पनि सिमेन्टले जगाउँदै आशा, पौने २ अर्बको विदेशियो Read Next

समग्र निर्यात घट्दा पनि सिमेन्टले जगाउँदै आशा, पौने २ अर्बको विदेशियो