एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ७.८८ प्रतिशतले बढेको छ ।

बैंकले पुस मसान्तसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँ बढी हो । बैंकले गत वर्ष सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन मुनाफा बढ्दा नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा भने ७.९० प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ८.०१ प्रतिशत र कर्जा लगानी ५.६५ प्रतिशतले बढेको हो ।

हाल ११ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ४२ करोड रुपैयाँ संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.४५ रुपैयाँबाट बढेर २९.१२ रुपैयाँ पुगेको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवथ २१९.५७ रुपैयाँ, बेसरेट ८.६९ प्रतिशत, खराब कर्जा ०.७७ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढेर सीमा नजिक पुग्यो Read Previous

ग्लोबल आइएमई बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढेर सीमा नजिक पुग्यो

खस्किँदै एनआइसी एशिया बैंक, खुद नाफा ४२% घट्यो, वितरणयोग्य नाफा ऋणात्मक Read Next

खस्किँदै एनआइसी एशिया बैंक, खुद नाफा ४२% घट्यो, वितरणयोग्य नाफा ऋणात्मक