काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ ।
अब सिफारिस समितिले अध्यक्ष पदका लागि प्राप्त निवेदनबाट तीन जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्पिरिषद् समक्ष सिफारिस गर्नेछ । मन्त्रिपरिषद बैठकले सिफारिस गरिएका तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।