काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले माघा २९ गते सातौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि माघ १५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।