लक्ष्मी सनराइज बैंकको सञ्चालकमा चार जना निर्वाचित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । बैंकको पुस २६ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले मनोजकुमार भट्टराईसहित चारजना सञ्चालक निर्वाचित गरेको हो ।

उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शसयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

कोरला-त्रिवेणी सडक : डेढगाउँ-झ्यालबास खण्ड ११ मिटर फराकिलो बनाइँदै, ३० प्रतिशत काम पूरा Read Previous

कोरला-त्रिवेणी सडक : डेढगाउँ-झ्यालबास खण्ड ११ मिटर फराकिलो बनाइँदै, ३० प्रतिशत काम पूरा

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने