रेसुंगा विमानस्थलमा साताको चार उडान हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित रेसुंगा विमानस्थल ।

तम्घास । गुल्मीको रेसुंगा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो ।

रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट ८१५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।

नेप्सेमा उछाल, २ वर्ष यताकै धेरै कारोबार, यी १४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उछाल, २ वर्ष यताकै धेरै कारोबार, यी १४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

दोहा उडने तयारीमा रहको निगमको जहाज ‘ग्राउण्डेड’, यात्रु अलपत्र Read Next

दोहा उडने तयारीमा रहको निगमको जहाज ‘ग्राउण्डेड’, यात्रु अलपत्र