घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर  १.२६ रुपैयाँ २६, डिजेल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले सोही अनुसार मूल्य समायोजन गरिएको निगले जनाएको छ ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६.५० रुपैयाँ, डिजल र मट्टितेल १४३.५० पैसा कायम भएको छ ।

त्यस्तै, सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु १६५, डिजल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ कायम भएका भएको छ ।

काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ, डिजल र मट्टितेल १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

१२० मेगावाटको लाङटाङ-भोटेकोशी आयोजनाले भित्र्यायो २० अर्ब विदेशी लगानी Read Previous

१२० मेगावाटको लाङटाङ-भोटेकोशी आयोजनाले भित्र्यायो २० अर्ब विदेशी लगानी

माघ १० गतेदेखि बुक बिल्डिङबाट आइपीओ बिक्री गर्दै रिलायन्स स्पिनिङ मिल्स Read Next

माघ १० गतेदेखि बुक बिल्डिङबाट आइपीओ बिक्री गर्दै रिलायन्स स्पिनिङ मिल्स