हाइड्रो चम्किँदा नेप्से २१०० अंक माथि पुग्यो, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज बजार खुलेदेखि उकालो लागेको नेप्से अन्त्यमा ३१ अंकले बढेर बन्द भएको हो ।

वाणिज्य बैंकहरुले माघका लागि निक्षेपको ब्याजदर घटाएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । सूचकसँगै आज कारोबार रकम पनि उत्साहजनक छ । यस दिन ५ अर्ब ४५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले घटेर २१२०.६२ विन्दुमा पुगेको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ३५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २४ करोड र हाथवे इन्भेष्टमेन्ट ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज १२ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन पावर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी र माथिल्लो मैलुङखोलाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ, हिमालयन रिइन्स्योरेन्स, दिव्यश्व्री हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र दोल्ती पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

टोखामा चाकु दिवस मनाइँदै Read Previous

टोखामा चाकु दिवस मनाइँदै

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड कर Read Next

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड कर