आज १४ कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ?

काठमाडौं । आज (पुस मसान्त) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १४ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्दैछन् ।

ती कम्पनीहरुको आज बस्ने वार्षिक साधरण सभाले प्रस्तावित लाभांश पारित गर्ने भएको हो । आज नेप्सेमा सूचीकृत ३७ कम्पनीको साधरण सभा भए पनि १४ वटाले मात्रै लाभांश प्रस्ताव गरेका छन् । २३ कम्पनीले सेयरधनीलाई बिना लाभांश नै साधरण सभा बोलाएका छन् ।

नेपाल टेलिकमको आज बस्ने साधरण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको करसहित ४० प्रतिशत नगद लाभांश पारित गर्दैछ ।

त्यसैगरी, छिमेक लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत (५% बोनस र १०% नगद), आइसीएफसी फाइनान्सको ६.५ प्रतिशत नगद, साना किसान लघुवित्तको १५ प्रतिशत (१४.२५% बोनस र ०.७५% नगद), राधी विद्युत्को ५ प्रतितश (४.७५% बोनस र ०.२५% नगद), बुटवलको पावर ५ प्रतिशत नगद, एचआइडीसीएलको ५.२६ प्रतिशत नगद लाभांश् पारित हुँदैछ ।

त्यस्तै, आजै बस्ने साधरण सभाले श्री एन्भेष्टमेन्टको ५.०५ प्रतिशत नगद, जीवन विकास लघुवित्तको १४.७३ प्रतितश (१४ % बोनस र ०.७३ नगर्द), मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत (४.७५% बोनस र ०.२५% नगद), गरिमा विकास बैंकको १० प्रतिशत (९.५०% बोनस र ०.५० प्रतिशत नगद), ग्लोबल आइएमई लघुवित्तको १० प्रतिशत नगद र सिटिजन लाइफ इन्स्योरेन्सको ५.२६ प्रतिशत (५% बोनस र ०.२६% नगद) लाभांश पारित गर्दैछ ।

कम्पनीहरुले नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

अन्तर्राष्ट्रिय हवाईयात्रु हालसम्मकै धेरै, आन्तरिक भने घटे Read Previous

अन्तर्राष्ट्रिय हवाईयात्रु हालसम्मकै धेरै, आन्तरिक भने घटे

माघमा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईको स्थिर, कुनको कति ? Read Next

माघमा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईको स्थिर, कुनको कति ?