शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित

काठमाडौं। शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित भएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न आठौं वार्षिक साधारण सभाले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि ५ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, सभाले सेयर प्रिमियमबापतको रकम कम्पनीमा नै संचित राख्‍ने निर्णय गरेको छ । साथै, गत वर्षको आय व्ययको विवरण, चालु वर्षको लागि लेखा परीक्षक नियुक्त लगायत प्रस्ताव पनि पारित गरेको छ ।

बागलुङका किसानले फलाए २० करोडको सुन्तला Read Previous

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

कारोबारमा आएको ४ दिनमै हिमालय रि इन्स्योरेन्स बन्यो १३औं ठूलो कम्पनी Read Next

कारोबारमा आएको ४ दिनमै हिमालय रि इन्स्योरेन्स बन्यो १३औं ठूलो कम्पनी